Kathmandu Press

अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना

संयुक्त राष्ट्रसंघ, जेठ ८ : पाकिस्तानका नयाँ विदेशमन्त्रीले संयुक्त राज्य अमेरिकासँग सुसम्बन्ध कायम गर्ने चाहना अभिव्यक्त गरेका छन्।अफगानिस्तानका कारण विगतमा उत्पन्न तनावबाट अमेरिका र...
अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना

संयुक्त राष्ट्रसंघ, जेठ ८ : पाकिस्तानका नयाँ विदेशमन्त्रीले संयुक्त राज्य अमेरिकासँग सुसम्बन्ध कायम गर्ने चाहना अभिव्यक्त गरेका छन्।

अफगानिस्तानका कारण विगतमा उत्पन्न तनावबाट अमेरिका र पाकिस्तान बाहिर निस्कनुपर्ने तथा प्रधानमन्त्री इमरान खानको नेतृत्वमा वर्षौंको तनावपूर्ण सम्बन्धलाई बिर्सेर अब त्यसलाई नयाँ चरणमा प्रवेश गराउनुपर्नेमा उनले जोड दिएका हुन्।

Hardik ivf

संयुक्त राष्ट्रसङ्घीय विश्वव्यापी खाद्य सङ्कट बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेका हत्या गरिएका पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका ३३ वर्षीय छोरा बिलावल भुट्टो जरदारीले एसोसिएटेड प्रेससँगको एक अन्तर्वार्तामा आफ्नो देशले अमेरिकासँग सुसम्बन्ध कायम गर्न चाहेको बताउनुभएको हो। 

अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनसँग एक घण्टा लामो छलफलसहित अन्य शीर्ष कूटनीतिज्ञहरूसँग वार्ता गरेपछि उनले ती भेटवार्ता अति उत्साहजनक, सकारात्मक एवम्  फलदायी भएका बताए।

पाकिस्तानले संयुक्त राज्य अमेरिकासँग सबै तहमा संलग्नता कायम राख्नुपर्नेमा जोड दिँदै उनले पारस्परिक सम्पर्क र सम्बन्धका निम्ति आफूले गरेका पहिलो चरणका भेटवार्ता महत्वपूर्ण रहेका बताए। 

विगतमा अफगानिस्तानका घटना, भूराजनीतिक विचारका कारण पाकिस्तान–अमेरिका सम्बन्धमा धेरै उतारचढाव आए पनि अबको हाम्रो सम्बन्ध अझ फराकिलो, गहिरो र थप अर्थपूर्ण बनाउनेतर्फ केन्द्रित हुने समय भएको विदेशमन्त्रीले बताए। 

'हामीले अफगानिस्तानको शासनको बारेमा जेसुकै महसुस गरे पनि विश्वले अफगान जनतालाई त्याग्न सक्दैन र तुरुन्तै देशको मानवीय सङ्कट र बिग्रेको अर्थतन्त्रलाई सम्बोधन गर्नुपर्छ,' अफगान अर्थतन्त्रको पूर्ण पतन अफगानिस्तान, पाकिस्तान र अन्तर्राष्ट्रिय समुदायको लागि विपत्ति हुने उल्लेख गर्दै उनले भने।   

पाकिस्तानले तालिबानलाई आतङ्कवादको लागि आफ्नो देश प्रयोग नगर्ने, केटी र महिलाहरूले शिक्षा हासिल गर्न पाउनुपर्ने तथा समावेशी सरकार गठन गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरिरहेको जानकारी पनि विदेशमन्त्री जरदारीले दिए।

प्रकाशित मिति: १३:५० बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्