Kathmandu Press

बिहारमा आँधीबाट ३३ जनाको मृत्यु

काठमाडाैं, जेठ ८ : भारतीय पूर्वी राज्य बिहारमा आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको छ।बिहीबारदेखि भारी वर्षासहित आएको आँधीले यहाँ...
बिहारमा आँधीबाट ३३ जनाको मृत्यु

काठमाडाैं, जेठ ८ : भारतीय पूर्वी राज्य बिहारमा आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको छ।

बिहीबारदेखि भारी वर्षासहित आएको आँधीले यहाँ जनधनको ठूलो क्षति भएको पनि बताइएको छ।

बिहार राज्यका मुख्मन्त्री नितीश कुमारलाई उद्धृत गर्दै यहाँका स्थानीय सञ्चारमाध्यमहरुले दिएको समाचारअनुसार बिहीबारदेखि सुरु भएको वर्षा तथा हावाहुरीले यहाँका ३३ जनाको ज्यान लिएको छ।

यस राज्यका करिब १६ जिल्लामा आँधीले असर गरेको छ। सो आँधीमा परेर सयौँ घर भत्काइदिएको छ भने अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ।

भत्किएका घरको पुननिर्माणका साथै अन्य सहायताका लागि यहाँका सुरक्षा निकायहरुलाई मुख्यमन्त्रीको कार्यालयले निर्देशन दिएको बताइएको छ।

साथै मुख्यमन्त्रीको कार्यालयले उक्त आँधीमा परेर ज्यान गुमाएका व्यक्तिहरुका परिवारलाई ४ लाख भारतीय रुपैयाँ सहयता दिने घोषणा पनि गरेको समाचारमा जनाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँधीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

प्रकाशित मिति: १३:४५ बजे, आइतबार, जेठ ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्