Kathmandu Press

जेठ १० लाई जात व्यवस्थाविरुद्धको विद्रोह दिवसका रुपमा मनाइने 

काठमाडौं, जेठ ८ : जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जेष्ठ १० लाई जात व्यवस्थाविरुद्धको ‘‘विद्रोह दिवस”को रुपमा मनाउने भएको छ ।दुई वर्षअघि २०७७ जेठ...
जेठ १० लाई जात व्यवस्थाविरुद्धको विद्रोह दिवसका रुपमा मनाइने 

काठमाडौं, जेठ ८ : जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जेष्ठ १० लाई जात व्यवस्थाविरुद्धको ‘‘विद्रोह दिवस”को रुपमा मनाउने भएको छ ।

दुई वर्षअघि २०७७ जेठ १० गते साँझ जाजरकोट जिल्ला भेरी नगरपालिका—४ का नवराज विश्वकर्मा सहित लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका—८, सोतीका गैर दलित समुदायको भीडले क्रुर र नृशंस हत्या गरेका थिए ।

Hardik ivf

नवराज र उनका साथीहरुले जातकै कारण ज्यान गुमाउन परेको २ वर्ष पुग्दा समेत सरकारले उचित न्याय दिन नसकेको प्रति घोर बिरोध गर्दै जात व्यवस्था उन्मूलन मोर्चा नेपालले यहीँ जेष्ठ १० गते अपराधीहरुलाई कावाहीको निम्ति देशब्यापी रुपमा बिरोध प्रदर्शन गर्ने संगठनका केन्द्रिय सचिब महावीर विश्वकर्माले बताएका छन।

मोर्चाले जेष्ठ १० लाई जात व्यवस्थाविरुद्धको ‘विद्रोह दिवस’ को रुपमा मनाउदै लैजाने मोर्चाका केन्द्रिय सदस्य रुपा सुनारले बताइन्। 

सुनारका अनुसार जातकै कारण ६,६ जना मान्छेले ज्यान गुमाउने कुरा सामान्य नभएको तर राज्यशत्ताले उक्त मुद्धामाथी खेलाचि गरेको भन्दै यसलाई जात व्यवस्था विरुद्धको ”विद्रोह दिवस” कै  रुपमा मनाउने तयारि गरिएको बताएकी छन । साथै मुद्धा वेवास्ता गरेको भन्दै कडा प्रतिकार गर्ने र सुनुवाई नभए आन्दोलन थप चर्काउदै लैजाने  भन्दै संगठनले चेतावनि दिएको छ ।

प्रकाशित मिति: १२:४७ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्