लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा पोख्रेल
तनहुँ, जेठ ७ : लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा नारायणप्रसाद पोख्रेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न चौथो अधिवेशनबाट पोख्रेल वर्ष २०२२/२३ का लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
प्रथम उपाध्यक्षमा प्रमोद लामिछाने, द्वितिय उपाध्यक्षमा श्रीराम सुवेदी, तृतीय उपाध्यक्षमा महेश्वर बस्नेत चयन भएका छन्। यस्तै सचिवमा सुरेन्द्र श्रेष्ठ, सहसचिवमा प्रकाश ढकाल, कोषाध्यक्षमा शेषकान्त पौडेल र सहकोषाध्यक्षमा बलबहादुर श्रेष्ठ निर्वाचित भएका छन्। क्लब प्रशासकमा सुन्दर बस्याल चयन भएका छन्।
प्रज्वल गुरूङको अध्यक्षतमामा लियो क्लब अफ दुलेगौंडा खैरेनीटार मञ्चको नयाँ कार्यसमिति पनि चयन गरिएको छ । क्लब १४ का क्लस्टर चिफ सन्तोष घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम क्लबका अध्यक्षता अध्यक्ष पिताम्बर तिमिल्सिनाले गरेका थिए ।
लायन्स क्लब अफ तनहुँ खैरेनीटारले यो वर्ष 'नम्रताका साथ परिवर्तन' नारामा रही विभिन्न सामाजिक कार्य गर्ने नवनिर्वाचित अध्यक्ष पोख्रेलले बताए।