Kathmandu Press

स्थानीय तह निर्वाचन : कर्णालीमा कांग्रेस बन्यो पहिलो दल

कर्णाली, जेठ ७ : स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत कर्णालीका १० जिल्लाका ७९ वटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगकाअनुसार कर्णालीमा नेपाली कांग्रेसले...
स्थानीय तह निर्वाचन : कर्णालीमा कांग्रेस बन्यो पहिलो दल

कर्णाली, जेठ ७ : स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत कर्णालीका १० जिल्लाका ७९ वटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगकाअनुसार कर्णालीमा नेपाली कांग्रेसले ३२, नेकपा (माओवादी केन्द्र) ले २३, नेकपा (एमाले) ले १५ र नेकपा (एकीकृत समाजवादी) ले चार तथा स्वतन्त्र उम्मेदवारले पाँच पालिकाको नेतृत्व पाएका छन्।

विसं २०७४ को निर्वाचनमा २६ पालिकाको नेतृत्व लिएर पहिलो दल बनेको एमाले यसपटक तेस्रो स्थानमा खुम्चिएको छ भने तेस्रो दल कांगे्रस ३२ पालिकाको नेतृत्व गर्दै पहिलो शक्तिका रुपमा स्थापित भएको छ। कांग्रेसले रूकुम पश्चिमका दुई, सुर्खेतका चार, जाजरकोटका तीन, हुम्लाका तीन, कालीकोटका दुई, जुम्लाका पाँच, मुगुका दुई, डोल्पाका एक, सल्यानका पाँच र दैलेखका पाँच पालिकाको नेतृत्व जित्न सफल भयो।  

Hardik ivf

एमाले विभाजनपछि स्थानीय तहमा पहिलो शक्ति बनेको माओवादी केन्द्र यसपटकको निर्वाचनमा दोस्रोमै सीमित बन्न पुग्यो। विसं २०७४ मा २५ पालिकाको नेतृत्व लिएको माओवादी केन्द्र यसपटक २३ पालिकामा झरेको हो। माओवादी केन्द्रले रूकुम पश्चिमका चार, सुर्खेतका एक, दैलेखका दुई, जाजरकोटका एक, हुम्लाका तीन, कालीकोटका पाँच, जुम्लाका दुई, मुगुका एक, डोल्पाका दुई र सल्यानका दुई पालिकाको नेतृत्व लिएको छ। विसं २०७४ को निर्वाचनमा एउटा पनि पालिका नजितेको दैलेखमा यसपटक दुई र सुर्खेतमा एक पालिकामा विजय हासिल गरेको छ।

एमालेले भने कर्णालीका कालीकोट, हुम्ला, मुगु, जुम्ला र रुकुम पश्चिमका कुनै पनि पालिकाको नेतृत्व लिन सकेन। एमालेले यसपटक सुर्खेतका चार, दैलेखका चार, जाजरकोटका तीन, डोल्पाका तीन र सल्यानका दुई पालिकाको मात्र नेतृत्व पाएको छ। एकीकृत समाजवादीले डोल्पाका दुई, मुगु र सल्यानका एक÷एक पालिकाको नेतृत्व पाएको छ।

यसपटकको निर्वाचनमा हुम्लाको चङ्खेली गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। जबकि विसं २०७४ को निर्वाचनमा सल्यानमा एक र डोल्पाका तीन पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए।

यसैबीच कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले आज एक विज्ञप्ति जारी गर्दै पार्टीलाई कर्णालीमै पहिलो शक्तिका रुपमा स्थापित गराउन मतदान गर्ने सबैमा धन्यवाद व्यक्त गरेका छन।

प्रकाशित मिति: २०:५३ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्