Kathmandu Press

पोखराको प्रमुखमा एकीकृत समाजवादीका आचार्य तीन हजार २७२ मतले अगाडि

कास्की, जेठ ७ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन...
पोखराको प्रमुखमा एकीकृत समाजवादीका आचार्य तीन हजार २७२ मतले अगाडि

कास्की, जेठ ७ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले तीन हजार २७२ मतले अघि छन।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज साँझ ८ बजे जारी गरेको अद्यावधिक मत परिणाम विवरणानुसार ९२ हजार ५६१ मत गणनामा आचार्यले हालसम्म ३७ हजार १२२ मत प्राप्त गरी अग्रता कायमै राखेका छन। यसैगरी प्रमुखका प्रत्याशी नेकपा (एमाले)का कृष्णबहादुर थापा ३३ हजार ८५० मत प्राप्त गरी आचार्यलाई पछ्याइरहेका छन।

Hardik ivf

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा (एमाले)का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ। गुरुङले ३८ हजार ५७६ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ३७ हजार ५४५ मत ल्याएका छन।

पोखरा महानगरका ३३ वडामध्ये हालसम्म २० वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यसमा नेपाली कांग्रेसले १४ वडामा जीत हासिल गरेको छ भने एमालेले छ वडा जितेको छ। गत वैशाख ३१ गतेदेखि पोखराको मतगणना सुरु भएकामा हालसम्म नेपाली कांग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६, २७ र २८ नं वडा जितेको छ। नेकपा (एमाले)ले वडा नं १, ५, ६, ८, १५ र २० मा विजयी भएको छ। पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो। अहिले पोखराका वडा नं  १०, ११, १६, १७, १८, १९, २९, ३० र ३१ को मतगणना जारी छ।

प्रकाशित मिति: २०:५० बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्