Kathmandu Press

काठमाडाैं महानगरपालिका २७ मा कांग्रेसका खड्गी विजयी

काठमाडाैं, जेठ ७ : काठमाडौँ महानगरपालिका–२७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी अध्यक्ष पदमा विजय भएका छन। खड्गी नेकपा (एमाले) का चिनियामान बज्राचार्यलाई...
काठमाडाैं महानगरपालिका २७ मा कांग्रेसका खड्गी विजयी
Hardik ivf

काठमाडाैं, जेठ ७ : काठमाडौँ महानगरपालिका–२७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी अध्यक्ष पदमा विजय भएका छन। खड्गी नेकपा (एमाले) का चिनियामान बज्राचार्यलाई २३८ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन।
 
खड्गीले एक हजार ५४१ मत प्राप्त गर्दा बज्राचार्यले एक हजार ३०३ मत प्राप्त गरेका थिए। त्यसैगरी सदस्यमा नेपाली कांग्रेसका तर्फबाट दिनेश श्रेष्ठ र धर्म प्रजापति विजयी भएका छन।

महिला सदस्यतर्फ कांगे्रसकै सृष्टी कंसाकार विजय भएका छन। दलित महिला सदस्यमा एमालेका तर्फबाट आफ्नो उम्मेदवारी दिएकी प्रभा परियार यसअघि नै निर्विरोध निर्र्वाचित भएका छन। वडा नं २७ सँगै कामपाका अन्य तीन वडामा पनि दलित महिला सदस्य निर्विरोध रुपमा चयन भइसकेका छन्।  

हाल कामपा वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६, २७ र ३१ को मतगणना जारी छ। कामपामा अहिले ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ। कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ।

प्रकाशित मिति: २०:४६ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्