Kathmandu Press

जापान र इजिप्टसहित ५ मुलुकका राजदूतहरू अनुमाेदन

जापान र इजिप्टसहित ५ मुलुकका राजदूतहरू अनुमाेदन

काठमाडाैं, जेठ ७ : सरकारले जापान र इजिप्टसहित विभिन्न ५ मुलुकका प्रस्तावित राजदूतहरुको नाम अनुमाेदन गरेकाे छ। शनिबार संसदीय सुनुवाइपछि सरकारले सिफारिस गरेका जापानका लागि दुर्गाबहादुर सुवेदी, इजिप्टका लागि सुशीलकुमार लम्साल, ब्राजिलका लागि निर्मलराज काफ्ले, अस्ट्रेलियाका लागि भरतकुमार रेग्मी र बहराइनका लागि तीर्थराज वाग्लेलाई अनुमोदन गरेकाे हाे।

प्रस्तावित राजदूतहरुले सम्बन्धित मुलुकहरुसँगै द्विपक्षीय सम्बन्ध मजबुद बनाउने, विदेशी लगानी भित्र्याउने, पर्यटनहरुलाई भित्र्याउन पहल गर्ने तथा उच्चस्तरीय भ्रमण गराउन पहल गर्नेलगायत विषयमा आफूहरुले प्राथमिकता दिने प्रतिबद्धता गरेका छन।

समितिले यसअघि बुधबार प्रस्तावित चार राजदूतलाई अनुमोदन गरेको थियो। यसरी अनुमोदित हुने प्रस्तावित राजदूतहरुमा मिलन तुलाधर (रुस), शर्मिला पराजुली ढकाल (स्पेन), डिल्लीराज पौडेल (मलेसिया) र कान्ता रिजाल (इजरायल) हुन्।

प्रकाशित मिति: २०:१७ बजे, शनिबार, जेठ ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्