Kathmandu Press

अफ्रिकी देशहरूलाई खाद्य सङ्कटबाट बच्न मद्दत गर्न एएफडीबीद्वारा १.५ अर्ब डलर सहयोगको घोषणा

लागोस, जेठ ७ : अफ्रिकी विकास बैंक (एएफडीबी)ले अफ्रिकी देशहरूलाई सम्भावित खाद्य संकटबाट बचाउन १.५ अर्ब अमेरिकी डलर अनुमोदन गरेको बताएको छ।शुक्रबार चिनियाँ...
अफ्रिकी देशहरूलाई खाद्य सङ्कटबाट बच्न मद्दत गर्न एएफडीबीद्वारा १.५ अर्ब डलर सहयोगको घोषणा

लागोस, जेठ ७ : अफ्रिकी विकास बैंक (एएफडीबी)ले अफ्रिकी देशहरूलाई सम्भावित खाद्य संकटबाट बचाउन १.५ अर्ब अमेरिकी डलर अनुमोदन गरेको बताएको छ।

शुक्रबार चिनियाँ समाचार संस्था सिन्ह्वालाई उपलब्ध गराइएको जानकारीमा बैंकले भनेको छ, 'रूस–युक्रेन संकटबाट उत्पन्न खाद्य आपूर्तिको अवरोधका कारण अफ्रिकाले अहिले कम्तीमा तीन करोड मेट्रिक टन खाद्यान्नको अभाव सामना गर्नु परेको छ। अफ्रिकामा गहुँ, मकै र भटमासजस्ता प्रमुख खाद्यान्नको स्रोतको अभाव सामना गर्नु परेको छ।'

Hardik ivf

'खाद्य सहायताले अफ्रिकालाई खुवाउन सक्दैन। अफ्रिकालाई खाद्यान्नका लागि माग्नुपर्ने आवश्यकता पर्दैन तर, अफ्रिकालाई जमिनमा बीउ र स्थानीय तवरमा प्रशस्त मात्रामा उत्पादन हुने अन्न काट्ने गर्न यान्त्रिक औजारको खाँचो छ र यसका लागि बैंकको सहयोग आवश्यक रहेको पुष्टि हुनेछ,' एएफडीबीका अध्यक्ष अकिनवुमी अडेसिनाले भने।
 
बैंकले खाद्य आपूर्ति तुरुन्त बढाउन मे महिनामा रोप्ने मौसम सुरु हुनुभन्दा पहिले अफ्रिकी कृषकहरूलाई तत्काल उच्च गुणस्तरीय बीउ र अन्य खाद्यान्नका सामानको आवश्यकता भएको बताएको छ।

बैंकका अनुसार अफ्रिकी आकस्मिक खाद्य उत्पादन केन्द्रमार्फत् साना कृषकहरूलाई खाद्यान्नको कमीबाट पर्ने समस्यामा सहयोग गर्ने पहलस्वरूप १.५ अर्ब अमेरिकी डलर सहयोग गर्नेछ।

यस सुविधाले २० लाख अफ्रिकी साना किसानलाई प्रमाणित बीउ उपलब्ध गराउने छ। यसले कृषि मलको पहुँच बढाउने र उनीहरूलाई खाद्यान्नको उत्पादन बढाउन सक्षम बनाउने कुरा पनि बैंकले उल्लेख गरेको छ।

प्रकाशित मिति: २०:०८ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्