थप ११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, जेठ ७ : नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ८ सय १९ पिसिआर परिक्षणका क्रममा ११ जनामा...
काठमाडाैं, जेठ ७ : नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ८ सय १९ पिसिआर परिक्षणका क्रममा ११ जनामा कोरोना पुष्टि भएको हो।
१ हजार २ सय ११ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन।
थप १२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ६२ जना निको भएका छन्। हाल नेपालमा १ सय ४८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १८:१९ बजे, शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











