Kathmandu Press

आईएमएफबाट ऋण पाउने आशामा श्रीलङ्का

कोलम्बो, जेठ ७  : चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्काले देशमा गम्भीर खाद्यान्न अभावको चेतावनी दिएको छ।सङ्कट व्यवस्थाका निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट...
आईएमएफबाट ऋण पाउने आशामा श्रीलङ्का

कोलम्बो, जेठ ७  : चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्काले देशमा गम्भीर खाद्यान्न अभावको चेतावनी दिएको छ।

सङ्कट व्यवस्थाका निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ऋण पाउने आशामा सरकार रहेको छ। 

खाद्यान्न सङ्कटबाट पार पाउन तथा उत्पादकत्व बढाउन प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी खेतीको याममा पर्याप्त मल खरिद गर्ने वाचा गरेका छन्।

Hardik ivf

गत वर्ष अप्रिलमा राष्ट्रपति गोटाबाया राजापाक्षले रासायनिक मल आयातमा प्रतिबन्ध लगाउन गरेको निर्णयले उत्पादनमा ठूलो ह्रास आएका बेला वर्तमान सरकारले प्रतिबन्धलाई उल्टाइदिए पनि मल आयात भएको छैन।

यही याममा गरिने खेतीका लागि मल खरिदको समय नहुनसक्छ, तर आउँदो खेतीको याममा पर्याप्त मल खरिद एवं भण्डारण सुनिश्चित गर्न आवश्यक प्रयास थालिएको प्रधानमन्त्री विक्रमासिङ्घेले बताएका छन्। ‘परिस्थितिको गम्भीर्यलाई स्वीकार गर्न म सबैलाई हार्दिक आग्रह गर्दछु,’ उनले सामाजिक सञ्जालमा भनेका छन् । 

श्रीलङ्काले विदेशी मुद्रा, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ र आर्थिक गतिविधि सुस्त भएका बेला यहाँको पेट्टाह बजारमा फलफूल र सागसब्जी बेचिरहेकी ६० वर्षीया सुमनावती जीवन कति कठिन छ भनेर कुरा गर्नुको कुनै अर्थ नरहेको बताउँछिन् । ‘दुई महिनामा के हुन्छ म भविष्यवाणी गर्न सक्दिन,” श्रीलङ्कालीहरूको भविष्य अनिश्चित बनेको पीडा पोख्दै उनी भन्छिन् । 

सुमनावतीको पसल नजिकै खाना पकाउने ग्यास सिलिन्डर बेच्ने पसल अगाडि लामो लाइन लागेको छ, ग्यास सिलिण्डरको मूल्यले आकाश छोएको छ ।

ग्यास सिलिण्डरको पसरलमा पाँचसय जना लामबद्ध भए पनि करिब त्यहाँ करिब दुईसय सिलिन्डर छन् । पाँचजनाको परिवारको भरणपोषण गर्दै आएका मोहम्मद साजली तीनदिनदेखि ग्यास पाइने आशामा लाममा बसेका छन् । आंशिकरुपमा सवारी साधन चलाएर अर्थोपार्जन गर्ने उनलाई घरव्यवहार चलाउन धौ–धौ भएको छ । उनी भन्छन् –बिना ग्यास, मट्टितेल हामी केही गर्न सक्दैनौँ । अन्तिम विकल्प खानाबिना मर्ने हो । 

केन्द्रीय बैंकका गभर्नरले भने विश्व बैंकसँग ऋण लिएर इन्धन र खाना पकाउने ग्यास ढुवानीका लागि भुक्तानीको व्यवस्था गरिएको बताए पनि आपूर्ति सहज हुन सकेको छैन । आगामी दुई महिनामा मुद्रास्फीति थप बढेर ४०५ सम्म पुग्न सक्ने बताउँदै उनले ठूलो मात्रामा आपूर्तिको दबाबले तत्काल समस्या समाधानका सङ्केत नदेखिएका जनाएका छन् ।
 
यो महिना खाद्यान्नको मूल्य ४६।६ प्रतिशतले बढेर मुद्रास्फीति २९।८ प्रतिशत पुगेको छ । सरकार विरुद्ध आक्रोश फैलिएपछि बिहीबार कोलम्बोमा सयौँ विद्यार्थी प्रदर्शनकारीलाई पछाडि धकेल्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीलाई पदमुक्त गर्न माग गरिरहेका छन् ।

गत हप्ता प्रधानमन्त्री पदबाट राजीनामा दिएका राष्ट्रपति राजापाक्ष र उनका भाइ महिन्दाको सरकारले पर्यटनमा आधारित अर्थतन्त्र, तेलको मूल्यमा भएको वृद्धि र लोकतान्त्रिक कर कटौतीका कारण कोभिड–१९ महामारीले देशमा आर्थिक सङ्कट उत्पन्न भएको भन्दै आफ्नो बचाउ गरिरहेका छन् । 

सात आर्थिक शक्तिहरूको समूहले श्रीलङ्काको लागि ऋण राहत प्रदान गर्ने प्रयासहरूलाई समर्थन गरेको छ भने ऋण पुनर्संरचनाको योजना लगभग टुङ्गिएको जनाइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष –आईएमएफ०ले पनि श्रीलङ्कामा विकसित घटनाक्रमलाई नजिक नियाली रहेको र आगामी मङ्गलबार कोलम्बोलाई ऋण उपलव्ध गराउनेसम्बन्धी वार्ताले सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको बताएको छ ।

प्रकाशित मिति: १८:१६ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्