Kathmandu Press

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङकाे अग्रता कायमै

धरान, जेठ ७ : सुनसरीको धरान उपमहानगर प्रमुखका लागि स्वतन्त्र उमेदवार हर्क साम्पाङले १६ हजार २६ मतसहित अग्रता कायम गरेका छन्।५० हजार बढी मत...
धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङकाे अग्रता कायमै

धरान, जेठ ७ : सुनसरीको धरान उपमहानगर प्रमुखका लागि स्वतन्त्र उमेदवार हर्क साम्पाङले १६ हजार २६ मतसहित अग्रता कायम गरेका छन्।

५० हजार बढी मत गन्दा उनले गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार किशोर राईले भन्दा २ हजार ८४४ मत बढी ल्याएका छन्। कांग्रेसका राईले १३ हजार १८२ मत प्राप्त गरेका छन्। एमालेकी मञ्जु भण्डारीले १० हजार ६२२ मत प्राप्त गरेकी छन्।

उपप्रमुखतर्फ गठबन्धनका अइन्द्रबिक्रम बेघाले १६ हजार ७९ मत प्राप्त गर्दा एमालेका पदम इस्वोले १४४३१ मत प्राप्त गरेका छन्।  

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार अब १० हजार बढी मत गणना हुन बाँकी छ। आज रातिसम्म धरानको नतिजा आइसक्ने जनाइएको छ।

प्रकाशित मिति: १८:०५ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्