Kathmandu Press

मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको गान्धीको आरोप

लन्डन, जेठ ७ : भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको आरोप लगाएका छन्। लन्डनमा शुक्रबार आयोजित एक...
मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको गान्धीको आरोप

लन्डन, जेठ ७ : भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई बोल्न नपाउने देश बनाएको आरोप लगाएका छन्। 

लन्डनमा शुक्रबार आयोजित एक सम्मेलनमा उनले प्रधानमन्त्री मोदी र केन्द्र सरकारको आलोचना गर्दै भारतमा स्वतन्त्र अभिव्यक्तिको कदर हुन छाडेको बताए। 

Hardik ivf

'भारत बोल्न नपाउने देश बन्न सक्दैन, स्वतन्त्र रूपमा बोल्न पाउनुपर्छ प्रधानमन्त्रीमा म सुन्न चाहन्छु भन्ने मनोवृत्ति हुनुपर्छ,’  प्रधानमन्त्री मोदी, भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) लाई आक्रमणको निसाना बनाउँदै उनले भने। 

अवसरहरूमा सबैको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिँदै उनले कर्मअनुसार सबैको समान पहुँच हुनुपर्छ भन्ने आफ्नो मान्यता भएको स्पष्ट गर्दै दलित होस् वा ब्राह्मण समान व्यवहार र अवसर उसले पाउनुपर्ने ५१ वर्षीय नेता गान्धीले थपे।

भारतीय लोकतन्त्र विश्वकै लागि महत्वपूर्ण रहेको  र त्यो विश्वव्यापी जनहितका निम्ति भएको बताउँदै उनले लोकतन्त्रलाई व्यवस्थित गर्न नसके त्यसले समस्या निम्त्याउने तर्क गरे। यो यथार्थलाई  संयुक्त राज्य अमेरिकाले महसुस गरिरहेको पनि नेता गान्धीले उल्लेख गरे।

प्रकाशित मिति: १६:५६ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्