Kathmandu Press

अमेरिकी र दक्षिण कोरियाली राष्ट्रपतिबीच भेटवार्ता

सोल, जेठ ७ : अमेरिकाका राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलका बीचमा शनिबार भेटवार्ता भएको छ। योल राष्ट्रपतिमा निर्वाचित...
अमेरिकी र दक्षिण कोरियाली राष्ट्रपतिबीच भेटवार्ता

सोल, जेठ ७ : अमेरिकाका राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलका बीचमा शनिबार भेटवार्ता भएको छ। 

योल राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक दक्षिण कोरियाको भ्रमणमा आउनु भएका बाइडेन र योलबीच सोलमा भेटवार्ता भएको हो । 

Hardik ivf

आणविक हतियारको चर्चा र कोरोना भाइरसको महामारी चलिरहेका बेला भएको उहाँहरूको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । 

उहाँले सोल राष्ट्रिय स्मृति पार्कमा प्रार्थना गरेर भ्रमणको सुरुवात गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

त्यसपछि दुई राष्ट्रपतिका बीचमा छलफल भयो र पत्रकार सम्मेलन गर्नुभयो । उहाँले आइतबार जापानको भ्रमण गर्ने कार्यक्रम रहेको छ । 

उहाँहरूले आणविक हतियारसँगै रुस—युक्रेन युद्धलगायत विषयमा पनि छलफल गर्नुभएको जनाइएको छ । 

त्यसैगरी आपसी सम्बन्ध थप बलियो बनाउने, सहकार्य बढाउनेलगायतका विषयमा पनि छलफल भएको अधिकारीहरूले जनाएका छन् । 

अमेरिकी रणनीतिका लागि जापान र दक्षिण कोरिया महत्वपूर्ण देश भएकाले पनि बाइडेनले ती देशका शीर्ष नेताहरूसँग छलफल गर्नुलाई चासोका साथ हेरिएको छ । 

प्रकाशित मिति: १६:५० बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्