Kathmandu Press

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

सोल, जेठ ७ : दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले शनिबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। उनले पूर्वप्रधानमन्त्री समेत रहेका हान डक सुलाई प्रधानमन्त्रीमा...
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

सोल, जेठ ७ : दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले शनिबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। 

उनले पूर्वप्रधानमन्त्री समेत रहेका हान डक सुलाई प्रधानमन्त्रीमा नियुक्त गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।  

उनले आफूले भने यही मे १० मा शपथ लिएको थिए। नवनियुक्त प्रधानमन्त्री सु यसअघि सन् २००७ देखि २००८ सम्म पनि प्रधानमन्त्री भएका थिए। 

उनले सन् २००९ देखि २०१३ सम्म अमेरिकाका लागि दक्षिण कोरियाको राजदूत भएर काम गरेका थिए। 

त्यसैगरी सन् २०१२ देखि २०१५ सम्म उनले कोरिया अन्तर्राष्ट्रिय व्यापार संघको अध्यक्षको रुपमा पनि उनले काम गरेका थिए।

प्रधानमन्त्री सुको जन्म ७२ वर्ष अगाडि दक्षिण कोरियाकै जेओन्जु सीमा भएको हो।  
 

प्रकाशित मिति: १६:४६ बजे, शनिबार, जेठ ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्