Kathmandu Press

पैसा तिर्न नसकेर अस्पतालमै राखिएको शव ल्याउन नवनिर्वाचित वडाध्यक्षद्वारा सहयोग

इलाम, जेठ ७ : पैसा तिर्न नसकेर अस्पतालमा नै राखिएको शव नवनिर्वाचित वडाध्यक्षले ल्याउन सहयोग गरेका छन्।इलामको माई नगरपालिका–७ का वडाध्यक्षमा निर्वाचित बुद्धि खनालले...
पैसा तिर्न नसकेर अस्पतालमै राखिएको शव ल्याउन नवनिर्वाचित वडाध्यक्षद्वारा सहयोग

इलाम, जेठ ७ : पैसा तिर्न नसकेर अस्पतालमा नै राखिएको शव नवनिर्वाचित वडाध्यक्षले ल्याउन सहयोग गरेका छन्।

इलामको माई नगरपालिका–७ का वडाध्यक्षमा निर्वाचित बुद्धि खनालले शपथ लिनुअगावै आर्थिक अभावमा अस्पतालमा अलपत्र परेको एक महिलाको शव निकालेर घरसम्म ल्याउन सहयोग गरेका हुन्।

उनले शपथ लिनुआगावै अस्पतालमा अलपत्र युवतिको शव घरसम्म ल्याउन पहल गरेपछि परिवारले अन्त्यष्टि गरेको बताइएको छ। 

माई नगरपालिका–७ की २४ वर्षकी देउकला लुङ्गेली मगरको जेठ ४ गते काठमाडौँको मनमोहन मेमोरियल मेडिकल कलेजमा मृत्यु भएको थियो। उनको मृत्युपछि अस्पतालले उपचार खर्च तिर्न र शव बुझ्न परिवारलाई बोलाएको थियो ।

आर्थिक अभावका कारण उनको परिवार काठमाडौं गएर उपचार खर्च तिर्ने र शव ल्याउन सक्ने अवस्थामा थिएन।

नवनिर्वाचित वडाध्यक्ष खनालले अस्पतालमा लागेको रकम भुक्तानी गरेर शव घरसम्म ल्याउने व्यवस्था मिलाइदिएको थियो।

मृतक मगरका श्रीमान् सात वर्षदेखि सम्पर्कमा नभएको र तीन महिनाअघि उनीहरूको घर आगलागीबाट सखाप भएको थियो । वैदेशिक रोजगारीका लागि दुबईबाट फर्केका मगर मिर्गौला रोगी थिए। मृतक मगरको सात वर्षको एक बच्चा छ।

सामाजिक सेवा गर्न जनताले मत दिएको बताउँदै वडाध्यक्ष खनालले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे। 

प्रकाशित मिति: १५:१७ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्