Kathmandu Press

बालिका करणी अभियोगमा म्यादी प्रहरी पक्राउ

झापा, जेठ ७ : प्रहरीले बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्रिएको छ।पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका-५ का ३० वर्षीय कमलप्रसाद...
बालिका करणी अभियोगमा म्यादी प्रहरी पक्राउ

झापा, जेठ ७ : प्रहरीले बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्रिएको छ।

पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका-५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा २ बाट ड्युटीमा रहेकै अवस्थामा पक्रिएको हो। उनले मंगलबार १४ वर्षीया ती बालिकालाई सोही वडास्थित गहते जंगलमा लगेर बलात्कार गरेको आरोप छ।

पोखरेललाई प्रहरीले उदयपुर पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो। स्थानीय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरी बनेका हुन्। 

प्रकाशित मिति: १४:५८ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्