सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी, न्यूनतम साझा कार्यक्रमबारे छलफल
काठमाडौं, जेठ ७ : सत्तारूढ गठबन्धनको बैठक प्रधामन्त्री निवास बालुवाटारमा जारी छ।बैठकमा गठबन्धन पाँच दलका शीर्ष नेताहरूको सहभागिता रहको छ। प्रधानमन्त्री एवं कांगे्रस सभापति...
काठमाडौं, जेठ ७ : सत्तारूढ गठबन्धनको बैठक प्रधामन्त्री निवास बालुवाटारमा जारी छ।
बैठकमा गठबन्धन पाँच दलका शीर्ष नेताहरूको सहभागिता रहको छ। प्रधानमन्त्री एवं कांगे्रस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत नेताहरूले बैठकमा सहभागिता जनाएको बताइएको छ।
स्थानीय तहको निर्वाचनपछि सत्तारूढ गठबन्धनका नेताहरूको बैठक पहिलोपटक बस्न लागेको हो। बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताए।
यही जेठ १५ गते आर्थिक वर्ष २०७९/८० काे बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सत्तारूढ गठबन्धन न्यूनतम साझा कार्यक्रममा जुटेकाे हाे।
बालुवाटार स्रोतका अनुसार स्थानीय तहको निर्वाचनअन्तर्गत धेरैजसो पालिकाको अन्तिम मत परिणाम आइसकेको अवस्थामा त्यसबाट गठबन्धनलाई प्राप्त उपलब्धिबारे बैठकमा प्रारम्भिक पनि समीक्षा गरिनेछ।
स्थानीय तहको नतिजालाई लिएर गठबन्धन उत्साहित भएको छ। गठबन्धनले सबै दललाई फाइदा पुगेको गठबन्धन दलकै नेताहरूले बताउने गरेका छन्।











