Kathmandu Press

हावाहुरीले मेचीनगरमा क्षति

झापा, जेठ ७ :  मेचीनगर नगरपालिका–७ मा गए राति हावाहुरीसहितको वर्षा आउँदा कुखुराको खोर ढलेर किच्दा एक मजदुर घाइते भएका छन्। कुखुरा फार्मका एक...
हावाहुरीले मेचीनगरमा क्षति

झापा, जेठ ७ :  मेचीनगर नगरपालिका–७ मा गए राति हावाहुरीसहितको वर्षा आउँदा कुखुराको खोर ढलेर किच्दा एक मजदुर घाइते भएका छन्। कुखुरा फार्मका एक हजार ८०० ब्रोइलर चल्लासमेत मरेका छन्।

हुण्डरीले बिजुलीका पोलमाथि रुख ढालेका कारण मेचीनगर क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध भएको छ। पाक्न लागेको मकैबाली ढलेका छन्। 

मेचीनगर वडा ७ को रौनिका कृषि तथा पशुपालन फार्मका कर्मचारी साजन लिम्बू कुखुराको खोर ढलेर घाइते भएका हुन्। फार्ममा एक हजार ३०० वटा ब्रोइलर कुखुराका चल्ला रातिको हुरीसहितको वर्षाले मरेको फार्मका सञ्चालक राजु थापामगरले बताए।

Hardik ivf

फार्मका तीनवटा खोर हुरीले पूरै भत्किएका छन्। खोरमा भण्डारण गरिएको १६ बोरा कुखुराको चारो पानीले भिजेर नष्ट भएको छ। टिनको छाना र बासको घेराबेरा रहेको खोर ढलेपछि किचिएर कुखुराका चल्ला मरेका हुन्। उनले खोर, चल्ला र चारो गरी रु १२ लाखभन्दा बढीको क्षति भएको बताए।

सोही वडास्थित हरि कटुवालको कुखुरा फार्ममा खोर ढलेर ५०० चल्ला मरेका छन् भने पक्की पिलर भएको खोरको टिनको छाना उडेर करिव ४०० मिटर टाढासम्म पुर्‍याएको छ। फार्मका सञ्चालक कटुवालले फार्ममा सात बोरा दानासहित पाँच लाखको क्षति भएको बताए

सोही वडाको कमला कृषि फार्मको बाख्राको पक्की खोरसमेत हुरीले उडाएर क्षति पुर्‍याएको छ भने बालाजी नर्सरीका दुई टनेल भत्काएको छ। फार्ममा रु दुई लाखको क्षति भएको छ।

स्थानीय पत्रकार देवेन्द्र खरेलका अनुसार उक्त वडामा सडकका विद्युतीय खम्बा ढलेका कारण पुरानो भन्सारको भित्री सडक अवरुद्ध भएको छ।

रातिदेखि विद्युत सेवासमेत अवरुद्ध छ। उहाँले सडकमा लतारिएका विद्युतका तार र खम्बा छिटो उठाइदिन विद्युत् प्राधिकरणका कर्मचारीहरूलाई फोनमार्फत आग्रह गरिए तापनि सुनुवाइ नभएको गुनासो गरे।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त पाठकले पूर्वपश्चिम राजमार्गमा हावाहुरीले ढालेका थुप्रै रुखहरू हटाएर आवागमन खुलाइएको बताए।

प्रकाशित मिति: १२:५७ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्