Kathmandu Press

सूर्योदयमा एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित

सूर्योदयमा एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित

इलाम, जेठ ७: इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रनबहादुर राई निर्वाचित भएका छन्।

उनले १२ हजार ४३१ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का काजीमान कागतेले १० हजार ५७९ मत प्राप्त गरे।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका दुर्गाकुमार बराल ११ हजार ८ सय ५४ मत पाएर निर्वाचित भएका छन्। उनकी प्रतिस्पर्धी एमालेकी दुर्गादेवी भट्टराईले नौ हजार १२२ मत पाइन्।

सूर्योदयका १४ वटा वडामध्ये कांग्रेस सात, एकीकृत समाजवादीले पाँच र एमालेले दुई वडाध्यक्षमा जितेको छ।

प्रकाशित मिति: ०८:३२ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्