Kathmandu Press

जीपको ठक्करबाट दुई युवकको मृत्यु

जीपको ठक्करबाट दुई युवकको मृत्यु

महेन्द्रनगर, जेठ ७ : पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा गएराति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ।

महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से १ च ४४८ नम्बरको जीपले विपरीत दिशातर्फ आइरहेको म २ प ६८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

Hardik ivf

दुर्घटनामा मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेशबहादुर बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि लगिएको थियो। उनीहरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो।

जीप र चालकलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ। यसमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०७:०४ बजे, शनिबार, जेठ ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्