Kathmandu Press

एआइजीमा पदोन्नति भएका लामालाई दज्र्यानी चिह्न प्रदान

एआइजीमा पदोन्नति भएका लामालाई दज्र्यानी चिह्न प्रदान

काठमाडाैं, जेठ ६ : नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (आइजी) पदमा पदोन्नति भएका वसन्तकुमार लामालाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले यहाँ आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक लामालाई दज्र्यानी चिह्नद्वारा सुशोभन गरेका हुन।

Hardik ivf

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका एआइजी लामालाई बधाई दिँदै आगामी दिनमा उनको व्यावसायिक जीवनको सफलताको शुभकामना व्यक्त गरे। प्रहरी महानिरीक्षक सिंहले हालै सम्पन्न स्थानीय तह निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गर्दै यस कार्यको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको जानकारी दिए।

प्रहरी अतिरिक्त महानिरीक्षक लामाले आफू सेवाको उत्तराद्र्धमा भए पनि प्रहरी नेतृत्वलाई सफलिभूत एवम् सङ्गठनको गरिमालाई उच्च बनाउनका लागि सदैव क्रियाशील रहने विचार व्यक्त गरे। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बढुवा गरेको हो।

प्रकाशित मिति: २०:०८ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्