डोटीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
डाेटी, जेठ ६ : डोटीको दिपायल सिलगढी नगरपालिकाभित्र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने भएको छ। नगरप्रमुख बाजी खड्काको अध्यक्षतामा आज नगरकार्यपालिकाको कार्यालयमा...
डाेटी, जेठ ६ : डोटीको दिपायल सिलगढी नगरपालिकाभित्र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने भएको छ। नगरप्रमुख बाजी खड्काको अध्यक्षतामा आज नगरकार्यपालिकाको कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरुको बसेको पहिलो बैठकबाट दिपायल सिलगढी नगरपालिकाभित्र सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क दिने निर्णय गरिएको छ।
सुत्केरी हुने वा भएका महिलालाई नगरपालिकाको एम्बुलेन्समार्फत जिल्लाबाहिर लैजानुपरेमा ५०५ छुट दिने तथा नगरपालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ। नगरपालिकाभित्र सबैलाई उचित पर्ने स्थानमा खैलमैदान निर्माण गर्ने नगरपालिकाको पहिलो बैठकले निर्णय गरेको नगरप्रमुख खड्काले जानकारी दिए। नवनिर्वाचित जनप्रतिनिधिले आज आफ्नो पदभारण ग्रहण गरेका छन।
प्रकाशित मिति: १९:५४ बजे, शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











