इलामको फाकफोकथुममा एमाले विजयी
इलाम, जेठ ६ : इलामको फाकफोकथुम गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार दीपेन्द्र खनाल अध्यक्ष पदमा विजयी भएका छन। नेपाली कांग्रेसका उम्मेदवार डिकबहादुर थापालाई पराजित...
इलाम, जेठ ६ : इलामको फाकफोकथुम गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार दीपेन्द्र खनाल अध्यक्ष पदमा विजयी भएका छन। नेपाली कांग्रेसका उम्मेदवार डिकबहादुर थापालाई पराजित गर्दै उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन।
विजयी उम्मेदवार खनालले पाँच हजार ३२२ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार थापाले चार हजार ८२१ मत प्राप्त गरेका थिए।
उपाध्यक्ष पदमा पनि गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार केबी बान्तावालाई पराजित गर्दै एमालेकी उम्मेदवार कल्पना राई विजयी भए। राईले पाँच हजार १५८ मत प्राप्त गर्दा बान्तावाले चार हजार १७४ मत प्राप्त गरेका थिए।
योसँगै जिल्लाका नौ पालिकाहरुको अन्तिम नतिजा आइसकेको छ। जिल्लाको सबैभन्दा ठूलो नगरपालिका सूर्योदयको भने अझै मतगणना सम्पन्न भइसकेको छैन।
प्रकाशित मिति: १९:१९ बजे, शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











