Kathmandu Press

काठमाडाैंकाे उत्तरपूर्वी भेगका तीन नगरपालिकामा प्रमाणपत्र र दुईका नगर प्रमुखलाई शपथ

काठमाडाैं, जेठ ६ : स्थानीय तह निर्वाचनमा नवनिर्वाचित दुई नगरपालिकाका नगरप्रमुखलाई शपथ र तीन नगरपालिकाका जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ। राजधानीको उत्तरपूर्वी भेगका...
काठमाडाैंकाे उत्तरपूर्वी भेगका तीन नगरपालिकामा प्रमाणपत्र र दुईका नगर प्रमुखलाई शपथ

काठमाडाैं, जेठ ६ : स्थानीय तह निर्वाचनमा नवनिर्वाचित दुई नगरपालिकाका नगरप्रमुखलाई शपथ र तीन नगरपालिकाका जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरिएको छ। राजधानीको उत्तरपूर्वी भेगका गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई आज शपथ गराइएको छ। काठमाडौँ महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत एवं काठमाडौँका वरिष्ठ जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले क्रमशः दीपक रिसाल र रमेश नापितलाई शपथ गराएका हुन।

शपथपछि सम्बन्धित नगरपालिकाका नगर निर्वाचन अधिकृतले प्रमाणपत्र वितरण गरेका हुन। गोकर्णेश्वरका नगर निर्वाचन अधिकृत रञ्जु गौतमले नगरप्रमुख रिसाललगायत त्यस नगरपालिकाका जनप्रतिनिधि, कागेश्वरी मनोहरा नगरपालिकाका निर्वाचन अधिकृत शारदा राउतले त्यस नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीलगायत जनप्रतिनिधि र शङ्खरापुर नगरपालिकाका नगर निर्वाचन अधिकृतले त्यस नगरपालिकाका नगरप्रमुख नापितलगायत जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेका हुन।

Hardik ivf

कागेश्वरी मनोहरामा भने आज बिहान मात्र निर्वाचन परिणाम सार्वजनिक भएकाले शपथ ग्रहण गर्न बाँकी छ। नवनिर्वाचित जनप्रतिनिधि विजय जुलुसमा सहभागी हुनुपर्ने भएकाले सोमबार शपथ ग्रहण हुने कागेश्वरी मनोहराकी नगर निर्वाचन अधिकृत राउतले सुनाए।

नगरप्रमुखले जिल्ला न्यायाधीशसँग शपथ लिएपछि उपप्रमुख र अन्य जनप्रतिनिधिलाई शपथ गराउने कानुनी व्यवस्था छ। तीनवटै नगरपालिकामा अन्य जनप्रतिनिधिको शपथ भने सोमबार हुने जनाइएको छ। प्रमाणपत्र वितरण कार्यक्रममा पूर्व र नवनिर्वाचित जनप्रतिनिधिले सहमति र सहकार्यका आधारमा नगर क्षेत्रको विकासका लागि एकताबद्ध भएर काम गर्ने सामूहिक प्रतिबद्धता जनाएका थिए।

प्रकाशित मिति: १८:२३ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्