Kathmandu Press

रत्ननगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

रत्ननगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

चितवन, जेठ ६ : पूर्वी चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। आज सम्पन्न मतगणनाअनुसार नगरप्रमुखमा कांग्रेसका प्रल्हाद सापकोटाले एमालेकी बिमला दुवाडीलाई आठ हजार ६९ मतले पछि पार्दै विजयी भएका हुन।

सापकोटाले २० हजार ७९६ मत प्राप्त गर्दा दुवाडीले १२ हजार ७२८ मत प्राप्त गरेका थिए। दुवाडी २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा विजयी भएका थिए। राप्रपाका हरिशरण भट्टराईले एक हजार १८५ मत प्राप्त गरे।

यस्तै उपप्रमुखमा एमालेका यादव पाठक विजयी भएका छन। पाठकले गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का बद्रिनाथ घिमिरेलाई एक हजार १६० मत अन्तरले पराजित गरेका हुन। पाठकले १३ हजार ५१४ मत प्राप्त गर्दा घिमिरेले १२ हजार ३५४ मत प्राप्त गरे।

यस्तै राप्रपाका उम्मेदवार बिमला चौधरीले एक हजार ५६७ मत र स्वतन्त्रका उम्मेदवार बिरञ्जना घिमिरेले दुई हजार ३३३ मत प्राप्त गरे। यस पालिकामा गठबन्धनबाट १, २, ३, ४, ५, ६, ८, १०, १४ कांग्रेस, वडा नं १२ मा माओवादी केन्द्र, ७, ११, १३, १५ र १६ मा एमाले र वडा नं ९ मा स्वतन्त्र उम्मेदवारले विजयी हासिल गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस पालिकामा ३९ हजार ४११ मत खसेको थियो।

प्रकाशित मिति: १८:१७ बजे, शुक्रबार, जेठ ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्