Kathmandu Press

भारतमा एकैदिन २ हजार २५९ जनामा कोरोना संक्रमण 

नयाँ दिल्ली, जेठ ६ : भारत २४ घण्टाको समयावधि अर्थात  बिहीबार मध्यरातिसम्म दुई हजार २५९व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार...
भारतमा एकैदिन २ हजार २५९ जनामा कोरोना संक्रमण 
Hardik ivf

नयाँ दिल्ली, जेठ ६ : भारत २४ घण्टाको समयावधि अर्थात  बिहीबार मध्यरातिसम्म दुई हजार २५९व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । 

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ३२३ पुगेको छ । यस समयमा भारतमा ७७५ सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ४४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । 

चौविस घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार ६१४ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ९२ हजार ४५५ लाई कोरोना सङ्क्रमण निको भएको छ।  

प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्