Kathmandu Press

टर्कीको चिन्ता सम्बोधन गरिने नेटो महासचिवको प्रतिवद्धता 

एजेन्सी, जेठ ६ : उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले सैन्य गठबन्धनमा सामेल हुन फिनल्याण्ड र स्वीडेनको आवेदनपछि उत्पन्न टर्कीको चिन्तालाई...
टर्कीको चिन्ता सम्बोधन गरिने नेटो महासचिवको प्रतिवद्धता 

एजेन्सी, जेठ ६ : उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले सैन्य गठबन्धनमा सामेल हुन फिनल्याण्ड र स्वीडेनको आवेदनपछि उत्पन्न टर्कीको चिन्तालाई सम्बोधन गर्ने वाचा व्यक्त गरेका छन् ।

‘हामीले टर्कीले व्यक्त गरेको चिन्तालाई सम्बोधन गर्दैछौं,’ उनले डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनसँग संयुक्त रूपमा यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गरेका हन् । फिनल्याण्ड र स्वीडेनले  नेटो सदस्यताका निम्ति हालै आवेदन गरेका छन्।

Hardik ivf

स्टोल्टेनबर्गले फिनल्याण्ड र स्वीडेनले नेटोमा सामेल हुनका लागि दिएको निवेदनहरूलाई सबै सहयोगीहरूको सुरक्षा चासोलाई ध्यानमा राख्नुपर्ने आवश्यकताको रूपमाू समन्वयात्मक रूपमा  निर्णय र व्यवस्थापन गरिने बताएका छन्।  सो अवसरमा उनले नेटो फिनल्याण्ड, स्वीडेन र टर्कीसँग नजिकको सम्पर्कमा रहेको पनि उल्लेख गरेका छन्।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीमाथि प्रतिबन्ध लगाएका फिनल्याण्ड र स्वीडेनको सम्मिलनमा आफू सहमत नहुने बताएका छन् ।

अङ्काराले कुर्दिस्तान वर्कर्स पार्टी र सिरियामा कुर्दिश मिलिशिया पिपुल्स डिफेन्स युनिटलाई उल्लेख गर्दै दुबै राष्ट्रले आतङ्कवादी सङ्गठनू लाई समर्थन गरेको आरोप लगाएको छ।

नेटो देशहरूसँगको आफ्नो भूमि सीमा दोब्बर भएको देख्न सक्ने रुसले स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन बारम्बार चेतावनी दिँदै आएको छ । रुसले यस्तो कदमले बाल्टिक सागर क्षेत्रमा आफ्नो प्रतिरक्षालाई बलियो बनाएर सैन्य सन्तुलन पुनर्स्थापनाू गर्न बाध्य पार्ने पनि बताएको छ। 

प्रकाशित मिति: १७:२७ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्