Kathmandu Press

पाकिस्तानद्वारा अत्यावश्यकबाहेकका वस्तुहरुको आयातमा रोक

इस्लामावाद, जेठ ६ : पाकिस्तानले अति आवश्यक रहेका बाहेकका तथा विलासिताका सामानहरुको आयातमा रोक लगाएको छ । पाकिस्तान सरकारले ती सामानहरु आयातमा रोक...
पाकिस्तानद्वारा अत्यावश्यकबाहेकका वस्तुहरुको आयातमा रोक

इस्लामावाद, जेठ ६ : पाकिस्तानले अति आवश्यक रहेका बाहेकका तथा विलासिताका सामानहरुको आयातमा रोक लगाएको छ । पाकिस्तान सरकारले ती सामानहरु आयातमा रोक लगाएको जानकारी शुक्रबार गराएको छ ।

यसरी आयातमा रोक लगाइएका सामानहरु तीन दर्जन भन्दा बढी रहेका पनि बताइएको छ । यहाँको सरकारले आर्थिक संकटको निकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ।

Hardik ivf

पाकिस्तान सरकारले पाकिस्तानको आर्थिक संकटको समाधानसम्बन्धी कार्यक्रमहरु ल्याएको छ । यहाँ पनि आर्थिक संकट पर्न सक्ने संकेतहरु देखिएको भन्दै सरकारले आर्थिक सुधारका कार्यक्रम ल्याएको हो । त्यसै क्रममा यहाँको सरकारले शुक्रबारदेखि यस्ता सामग्रीहरु आयात गर्ने काममा रोक लगाएको यहाँका सूचना तथा प्रसारण मन्त्रीले जानकारी दिएका हुन्। 

मन्त्री मारिम औरान्जेबले पाकिस्तानको आर्थिक अवस्थामा पनि संकट आइपर्ने संकेतहरु देखिन थालेको भन्दै यसका लागि देशबासीहरुले त्यसमा सहयोग गर्नुपर्ने बताए । देशको आर्थिक अवस्थामा अप्ठेरो आउन लागेकाले पाकिस्तानका सबै नागरिकको सहयोग आवश्यक रहेको उनले बताएका छन्। 

प्रकाशित मिति: १७:२१ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्