Kathmandu Press

पर्साको  जगरनाथपुर गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस

पर्साको  जगरनाथपुर गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस

पर्सा, जेठ ६ : पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि कांग्रेसकै बबिता सिंह निर्वाचित भएकी हुन्। 

अध्यक्षमा निर्वाचित यादवले पाँच हजार ७४९ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार महम्मदसलिम मन्सुरले भने तीन हजार ९२६ मत प्राप्त गरे।

यसैगरी गाउँपालिका उपाध्यक्षमा सिंहले पाँच हजार ५३१ मत पाउँदा  उनकी निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार मीरादेवी कुर्मीले तीन हजार ३४५ मत प्राप्त गरिन्। 

प्रकाशित मिति: १७:१३ बजे, शुक्रबार, जेठ ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्