Kathmandu Press

नयाँ जनप्रतिनिधिको शपथसँगै कार्यपालिकाका निर्वाचन कार्यक्रम सुरु

काठमाडाैं, जेठ ६ : मतगणनाको अन्तिम मत परिणाम घोषणा भएका स्थानीय तहमा नयाँ जनप्रतिनिधिको शपथ र कार्यपालिकाका निर्वाचनका कार्यक्रम सुरु भएका छन्।निर्वाचित जनप्रतिनिधिमध्ये...
नयाँ जनप्रतिनिधिको शपथसँगै कार्यपालिकाका निर्वाचन कार्यक्रम सुरु

काठमाडाैं, जेठ ६ : मतगणनाको अन्तिम मत परिणाम घोषणा भएका स्थानीय तहमा नयाँ जनप्रतिनिधिको शपथ र कार्यपालिकाका निर्वाचनका कार्यक्रम सुरु भएका छन्।

निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुख र जिल्ला समन्वय समितिको प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअगावै निर्वाचित भएको सात दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने तथा गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडाध्यक्ष, गाउँ तथा नगरसभाका सदस्य र जिल्ला समन्वय समितिका उपप्रमुख तथा सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र तोकिएको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।

Hardik ivf

नेपालको संविधानको धारा २१४ स्थानीय तहको कार्यकारिणी अधिकार गाउँ र नगर कार्यपालिकामा नीहित रहेको छ।

संविधानको धारा २१५ उपधारा (४) मा गाउँसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले १५ दिनभित्र गाउँसभाका सदस्यले आफूमध्येबाट निर्वाचित गरेका चार महिला सदस्य र उपधारा (५) बमोजिमको योग्यता भएका दलित वा अल्पसङ्ख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका दुई सदस्य हुने व्यवस्था र धारा २१६ को उपधारा (४) बमोजिम नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको पन्ध्र दिनभित्र नगर सभाका सदस्यले आफूमध्येबाट निर्वाचित गरेका पाँच जना महिला सदस्य र उपधारा (५) बमोजिमको योग्यता भएका दलित वा अल्पसङ्ख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन सदस्यसमेत नगर कार्यपालिकाको सदस्य हुने व्यवस्था छ।

नयाँ निर्वाचनसँगै कार्यपालिकाका पदाधिकारीको पनि कार्यकाल स्वतः समाप्त भएको छ।
    
यही जेठ ५ गतेलाई स्थानीय तहका जनप्रतिनिधिको पदमा बहाल रहने अन्तिम मिति मानेर सो मितिसम्ममा मतगणना सम्पन्न गर्ने लक्ष्यसहित गत वैशाख ३० मा सम्पन्न भएको मतदानको गणना कार्य करिब ८५ प्रतिशत तहमा सकिएको छ।

निर्वाचन आयोगका सम्बन्धित निर्वाचन अधिकृतलाई यसअघि नै आवश्यक निर्देशन प्रदान गरेकामा विभिन्न कारणले मतगणना कार्य सम्पन्न हुन नसकेका तहमा जेठ १० गतेसम्म गणना कार्य सम्पन्न हुने विश्वास लिइएको छ।

प्रकाशित मिति: १४:४१ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्