Kathmandu Press

हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार विजयी

हुम्ला, जेठ ६ : हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएका छन्। उनी एक हजार ६ सय ९५ मत प्राप्त गरी ५ सय २३...
हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार विजयी

हुम्ला, जेठ ६ : हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएका छन्। उनी एक हजार ६ सय ९५ मत प्राप्त गरी ५ सय २३ मतान्तरले विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी गोविन्दबहादुर शाही गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार थिए। 

यस्तै उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका प्रेमकला शाहीले एक हजार ३७२ मत प्राप्त गरी जित हहासिल गरेको छ भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी मैना बुढा एक हजार १७३ मत प्राप्त गरेको छ।

चङ्खेलीको वडा १ मा एमालेका गोविन्द बोहरा, २ मा कांग्रेसका विर्ख सिंह, ३ मा माओवादीका भारमल बुढा, ४, ५ र ६ मा स्वतन्त्र उम्मेदवारत्रय पदमबहादुर शाही, हर्कधन तामाङ र जयबहादुर सिरा वडाध्यक्षमा विजयी भएका छन्।

प्रकाशित मिति: १४:१६ बजे, शुक्रबार, जेठ ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्