Kathmandu Press

आठ थान काठको गोलियासहित चारजना पक्राउ

तनहुँ, जेठ ६ : तनहुँ प्रहरीले २३ क्युफिट आठ थान काठको गोलियासहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरिक्षक भोजराज पाण्डेको...
आठ थान काठको गोलियासहित चारजना पक्राउ

तनहुँ, जेठ ६ : तनहुँ प्रहरीले २३ क्युफिट आठ थान काठको गोलियासहित चार जनालाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरिक्षक भोजराज पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले शुक्लागण्डकी नगरपालिका ७ धारापानीबाट काठको गोलियासहित चार जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा काठको गोलिया लोड गर्दै गरिएको ट्याक्टरका चालक विमल वली, रुख काट्ने कार्यमा संलग्न प्रेमबहादुर विक, काठ लोड गर्ने कार्यका संलग्न पदमबहादुर सुनार र सोमबहादुर नेपाली छन्। 

प्रहरीले नियन्त्रणमा लिएका चारै जनासहित ग १ त ५७८६ नम्बरको ट्याक्टरसमेत आवश्यक अनुसन्धानका लागि इलाका वन कार्यालय बेलचौतारामा बुझाइएको जनाएको छ।

प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, जेठ ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्