Kathmandu Press

मधेस प्रदेशको प्रदेशसभा नवौं अधिवेशन जेठ १९ गते

जनकपुर, जेठ ६ : मधेस प्रदेशसभाको नवौं अधिवेशन यही जेठ १९ गते बिहीबारका लागि आह्वान गर्ने निर्णय गरिएको छ।मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को...
मधेस प्रदेशको प्रदेशसभा नवौं अधिवेशन जेठ १९ गते

जनकपुर, जेठ ६ : मधेस प्रदेशसभाको नवौं अधिवेशन यही जेठ १९ गते बिहीबारका लागि आह्वान गर्ने निर्णय गरिएको छ।

मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त अधिवेशन अगामी जेठ १९ गते बिहीबार दिउँसो १ बजे आहवान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।

 प्रदेश प्रहरीका सम्बन्धमा सातै प्रदेशको आन्तरिक मामिला मन्त्रीहरूको बैठक आगामी असारको पहिलो साता जनकपुरधाममा बस्ने निर्णयसमेत भएको त्यस अवसरमा उनले बताए।

उक्त बैठकले मुख्यमन्त्री किसान उत्थान कार्यविधिसमेत स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले कार्यविधि स्वीकृत गरेसँगै यसअन्तर्गत साना किसानहरूले वर्षेनी बैंकमार्फत रु १० सहयोग पाउने भएका छन्।

उक्त सभाको आठौँ अधिवेशन गत २०७८ चैत २९ गते अन्त्य भएको थियो। 

प्रकाशित मिति: १३:११ बजे, शुक्रबार, जेठ ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्