Kathmandu Press

सुनसरीको दुहबीमा कांग्रेसका गच्छदार विजयी

सुनसरी, जेठ ६ : वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सुनसरीको दुहबी नगरको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।दुहबीमा कांग्रेसका वेदनारायण गच्छदारले...
सुनसरीको दुहबीमा कांग्रेसका गच्छदार विजयी

सुनसरी, जेठ ६ : वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सुनसरीको दुहबी नगरको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

दुहबीमा कांग्रेसका वेदनारायण गच्छदारले ११ हजार ९१६ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनयकुमार पोखरेलले ११ हजार ४६१ मत प्राप्त गरे।

Hardik ivf

उपप्रमुखमा कांग्रेसका मेनुका पोखरेलले ११ हजार ४३० मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका सरोजकुमार सिंहले ५ हजार ८० मत प्राप्त गरे।

१२ वटा वडा रहेको यस पालिकाको चार वडामा एमाले र अन्य सबै वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

प्रकाशित मिति: १३:०८ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्