Kathmandu Press

बढ्यो सुनको मूल्य

काठमाडाैं, जेठ ६ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९७ हजार ३०० तोकिएको छ।पहेंलो धातु अघिल्लो...
बढ्यो सुनको मूल्य

काठमाडाैं, जेठ ६ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९७ हजार ३०० तोकिएको छ।

पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ३०० मा कारोबार भएको थियो।    

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० छ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ८०० थियो।    

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ले बढेर रु एक हजार २७० तोकिएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्