Kathmandu Press

सप्तरीमा निर्वाचित वडा सदस्यको निधन

राजविराज, जेठ ६ : सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ ।     सुतिहार सुतेकै अवस्थामा आज...
सप्तरीमा निर्वाचित वडा सदस्यको निधन
Hardik ivf

राजविराज, जेठ ६ : सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको आज निधन भएको छ । 
    
सुतिहार सुतेकै अवस्थामा आज बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए। उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए । खाना खाएर सुत्नुभएका उनको निधन भएको बताइएको छ ।
    
बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए । उनले वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याउनुभएको थियो । सदस्यमा उनीसित एमालेका रामअवतार मण्डल र अगम साहु तेली पराजित भएका थिए।  

प्रकाशित मिति: ११:४९ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्