जाजरकोटमा तीन पत्रकार निर्वाचित
जाजरकोट, जेठ ६ : जाजरकोटका दुई पत्रकार वडाध्यक्षमा एक पालिका अध्यक्षमा विजयी भएका छन् । प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष तथा नेपाल टेलिभिजनका वीरबहादुर गिरी...
जाजरकोट, जेठ ६ : जाजरकोटका दुई पत्रकार वडाध्यक्षमा एक पालिका अध्यक्षमा विजयी भएका छन् । प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष तथा नेपाल टेलिभिजनका वीरबहादुर गिरी बारेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए।
नेपाल प्रेस युनियनसँग आवद्ध नेपाल टेलिभिजनका जिल्ला संवाददाता बद्री पन्त नलगाड नगरपालिका–४ को र नेपाल प्रेस सेन्टरसँग आवद्ध वसन्तप्रसाद शर्मा सदरमुकाम भेरी नगरपालिका–४ को अध्यक्ष पदमा निर्वाचित भए ।
तीनैजना समाजसेवीका रूपमा समेत चर्चित थिए।
प्रकाशित मिति: ११:३८ बजे, शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











