मुसीकोटको मेयरमा कांग्रेस, उपमेयरमा एकीकृत समाजवादी
रुकुम, जेठ ६ : रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार निर्वाचित भएका छन्।मुसीकोट नगरपालिकाको मेयरमा कांग्रेसका...
रुकुम, जेठ ६ : रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार निर्वाचित भएका छन्।
मुसीकोट नगरपालिकाको मेयरमा कांग्रेसका महेन्द्र केसी ६ हजार ९१४ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का वसन्तकुमार शर्माले ६ हजार ९०१ मत पाए।
त्यस्तै, उपमेयरमा नेकपा (एकीकृत समाजवादी) का विमलकुमार पुनमगर ६ हजार १४० मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी एमालेका थलबहादुर ओलीले पाँच हजार ९८५ मत पाए।
मुसिकोटामा एमाले र कांग्रेसको तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन भएको थियो। चौध वडामध्ये आठमा माओवादी केन्द्र र ६ वडामा कांग्रेस विजयी भएको छ।
प्रकाशित मिति: ०८:२१ बजे, शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











