धनगढीमा गोपाल हलमा नौ हजार मतले अगाडि
धनगढी, जेठ ६ : कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले नौ हजार मतको अग्रता बनाएका छन्।आज बिहानसम्म ४२ हजार २३० मत...
धनगढी, जेठ ६ : कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले नौ हजार मतको अग्रता बनाएका छन्।
आज बिहानसम्म ४२ हजार २३० मत गणना हुँदा हमालले १९ हजार १४७ मत पाएका छन्। उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नृपबहादुर वडले नौ हजार ५५७ मत पाएका छन्।
त्यस्तै, नेकपा (एमाले)बाट मेयरका उम्मेदवार चार हजार ६६४ मत पाएका छन्।
उपमेयरमा नेकपा (माओवादी केन्द्र) की शान्ति अधिकारीले अग्रता लिएकी छन्। उनले आठ हजार ८१५ मत पाएकी छन् भने प्रतिस्पर्धी नेकपा (एमाले) की कन्दकला रानाले आठ हजार १४१ मत पाएकी छन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले पाँच हजार ३६ मत पाएका छन्।
प्रकाशित मिति: ०८:०० बजे, शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











