Kathmandu Press

कागेश्वरीको मेयरमा कांग्रेस उम्मेदवार निर्वाचित

काठमाडौं, जेठ ६ : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन्।मेयरमा कांग्रेसका उपेन्द्र कार्की ११ हजार ३२२ मतसहित निर्वाचित...
कागेश्वरीको मेयरमा कांग्रेस उम्मेदवार निर्वाचित

काठमाडौं, जेठ ६ : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

मेयरमा कांग्रेसका उपेन्द्र कार्की ११ हजार ३२२ मतसहित निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का रामशरण ढुंगानाले आठ हजार २६३ मत पाएका छन्।

त्यस्तै, उपमेयरमा एमाले उम्मेदवार शान्ता थापा निर्वाचित भएकी छन्। उनले नौ हजार ९७५ मत पाइन् भने उनका प्रतिस्पर्धी कांग्रेसका भोला चौलागाईंले पाँच हजार ४२२ मत पाए।

प्रकाशित मिति: ०७:४९ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्