सप्तरीमा खडकमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित
सप्तरी, जेठ ६ : सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) ले मेयरमा जित हासिल गरेको छ।नेकपा (एकीकृत समाजवादी) सँग गठबन्धन गरेर माओवादीका...
सप्तरी, जेठ ६ : सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) ले मेयरमा जित हासिल गरेको छ।
नेकपा (एकीकृत समाजवादी) सँग गठबन्धन गरेर माओवादीका उम्मेदवार जयप्रकाश चौधरी मेयरमा निर्वाचित भएका हुन्।
उनले पाँच हजार ८८२ मत पाए भने निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका हेमायु हकले पाँच हजार ६७ मत पाए।
यस्तै उपमेयरमा भने जसपाकी रीताकुमारी चौधरी ६ हजार २३१ मत ल्याएर निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांंग्रेसकी यसमिन सुल्तान खातुनले तीन हजार २१० मत ल्याइन्।
प्रकाशित मिति: ०७:३६ बजे, शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











