Kathmandu Press

कैलालीको भजनीमा रेशम चौधरीको पार्टी विजयी

धनगढी, जेठ ६ : कैलालीको भजनी नगरपालिकामा रेशम चौधरीको पार्टीका उम्मेदवार निर्वाचित भएका छन्।नागरिक उन्मुक्ति पार्टीबाट मेयरमा केवललाल चौधरी र उपमेयरमा राजु तिरुवा...
कैलालीको भजनीमा रेशम चौधरीको पार्टी विजयी

धनगढी, जेठ ६ : कैलालीको भजनी नगरपालिकामा रेशम चौधरीको पार्टीका उम्मेदवार निर्वाचित भएका छन्।

नागरिक उन्मुक्ति पार्टीबाट मेयरमा केवललाल चौधरी र उपमेयरमा राजु तिरुवा निर्वाचित भएका हुन्। केवललालले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का शेरबहादुर चौधरीलाई पराजित गरे। उनले सात हजार ४७५ मत ल्याए भने माओवादीका शेरबहादुरले तीन हजार ८७१ मत पाए।

त्यस्तै, उपमेयरमा निर्वाचित तिरुवाले नेपाली कांग्रेसका गोकर्ण भण्डारीलाई पराजित गरे। उनले ६ हजार २२५ मत प्राप्त गरे भने कांग्रेसका भण्डारीले तीन हजार ५३७ मत प्राप्त गरे।

भजनीमा नागरिक उन्मुक्ति पार्टीले तीन वडामा जित हासिल गरेको छ। त्यसैगरी गठबन्धनले चार र एमालेले दुई वडामा जित हासिल गरेको छ।

प्रकाशित मिति: ०७:०८ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्