Kathmandu Press

एमालेको गढमा पनि रेणुले पाइन् अग्रता

भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्।
एमालेको गढमा पनि रेणुले पाइन् अग्रता

चितवन, जेठ ६ : भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्।

आज बिहानसम्मको मतगणनाअनुसार, दाहालले तीन हजार ३३५ मतको अग्रता बनाएकी छन्। उनले १८ हजार ७८५ मत पाएकी छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) विजय सुवेदी पछ्याइरहेका छन्। उनले १५ हजार ४५० मत पाएका छन्।

एमालेको गढ मानिएका वडामा पनि सुवेदीले अग्रता लिन सकेनन्। भरतपुर वडा नं. १० र ११ मा सुवेदीले अग्रता लिने एमाले कार्यकर्ताको विश्वास थियो। तर, ती वडामा पनि दाहालले अग्रता लिएकी छन्।

गत २०७४ सालकाे निर्वाचनमा यी वडामा एमाले उम्मेदवार देवी ज्ञवालीले अग्रता पाएका थिए।

 

प्रकाशित मिति: ०६:५६ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्