Kathmandu Press

विराटनगरमा कांग्रेसका कोइराला ६ हजार मतले अगाडि

विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता झनै बढाएका छन्।
विराटनगरमा कांग्रेसका कोइराला ६ हजार मतले अगाडि

विराटनगर, जेठ ६ : विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता झनै बढाएका छन्।

आज बिहानसम्मको मतगणनाअनुसार, कोइरालाले २३ हजार २६९ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सागर थापाले १७ हजार ३३९ मत पाएका छन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार उमेश यादव तेस्रो नम्बरमा छन्। उनले सात हजार ७२ मत पाएका छन्। चौथो नम्बरमा रहेका राप्रपाका प्रह्लाद साहले चार हजार ४३१ मत पाएका छन्।

यसैगरी, उपमेयरमा भने एमालेकी उम्मेदवार शिल्पा निराला कार्कीले अग्रता बनाएकी छन्। उनले २० हजार १४५ मत पाएकी छन्।

गठबन्धनबाट जसपाका अमरेन्द्र यादवले ११ हजार ४४३ मत पाएका छन्। उनी जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।

राप्रपाकी विन्दा लुइटेल आचार्य तेस्रो नम्बरमा छन्। उनले पाँच हजार ३८२ मत पाएकी छन्। स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले चार हजार १८५ मत पाएकी छन्।

प्रकाशित मिति: ०६:४४ बजे, शुक्रबार, जेठ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्