Kathmandu Press

कपिलवस्तु शिवराजको मेयरमा राप्रपाका थापा निर्वाचित

काठमाडौं, जेठ ५ : कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाका अजय थापा निर्वाचित भएका छन् । थापाले सात हजार ६०२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी...
कपिलवस्तु शिवराजको मेयरमा राप्रपाका थापा निर्वाचित

काठमाडौं, जेठ ५ : कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाका अजय थापा निर्वाचित भएका छन् । 

थापाले सात हजार ६०२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव पोखरेलले सात हजार १२८ मत प्राप्त गरे । यस्तै उपमेयरमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भएकी छन् । 

उनले सात हजार ९५५ मत पाएकी छन् भने दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ मत पाएकी छन् । राप्रपाले यसअघि काठमाडौंको शंखरापुर नगरपालिकाको मेयर र झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका अध्यक्ष निर्वाचित भएका छन् ।

प्रकाशित मिति: २१:४९ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्