Kathmandu Press

विवेकशील साझा पार्टीले खोल्यो जितको खाता 

काठमाडौं, जेठ ५ : विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार रुस्तम...
विवेकशील साझा पार्टीले खोल्यो जितको खाता 

काठमाडौं, जेठ ५ : विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । 

बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित भएको हो । अन्सारी चार हजार ४८५ मत ल्याई अध्यक्षमा निर्वाचित भए । 

पालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरीलालले दुई हजार ३९९ मत प्राप्त गरे । उपाध्यक्षमा विवेकशील साझा पार्टीकै नीलम साहले तीन हजार ५७० मत ल्याई विजयी भए । एमालेकी उपाध्यक्ष उम्मेदवार कमरुन खातुनले दुई हजार ३३३ मत प्राप्त गरे । 

स्थानीय तह निर्वाचनको इतिहासमा विवेकशील साझा पार्टीले पहिलोपटक जित निकालेको हो । 

प्रकाशित मिति: २१:१६ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्