Kathmandu Press

सुनसरीको रामधुनीमा शंकरलाल चौधरी निर्वाचित 

काठमाडौं, जेठ ५ : सुनसरीको रामधुनी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।बिहीबार आएको अन्तिम मत परिणामअनुसार शंकरलाल चौधरी...
सुनसरीको रामधुनीमा शंकरलाल चौधरी निर्वाचित 

काठमाडौं, जेठ ५ : सुनसरीको रामधुनी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

बिहीबार आएको अन्तिम मत परिणामअनुसार शंकरलाल चौधरी मेयर र तारा थापा उपमेयरमा निर्वाचति भएका हुन्। चौधरीले नेपाली कांग्रेसका सुदीप अधिकारीलाई १ हजार ९ सय ६७ मतअन्तरले पराजित गरे।

चौधरीले १३ हजार ३ सय ७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी अधिकारीले ११ हजार ४ सय ५ मत प्राप्त गरे। यस्तै, तारा थापा १२ हजार २ सय २० मत ल्याउँदै उपमयरमा निर्वाचित भइन् । कांग्रेसकी आशाकुमारी चौधरीले १० हजार ४ सय ९३ मत प्राप्त गरिन् ।

रामधुनीका नौ वडामध्ये २, ३, ४, ७ र ८मा एमालेले विजयी हुँदा १, ५ र ६ मा कांग्रेस विजयी भयो । यस्तै, वडा नं. ९मा भने नेकपा एकीकृत समाजवादी विजयी भयो ।
 

प्रकाशित मिति: २०:४१ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्