Kathmandu Press

अमेरिकाबाट चार प्राचिन मूर्ति नेपाल फिर्ता ल्याइँदै 

काठमाडौँ, जेठ ५ : नेपालका लागि अमेरिकामा रहेको नेपाली राजदुतावासले पाँच प्राचिन मूर्ति फिर्ता हुने भएको छ । अमेरिकास्थित नेपाली राजदूतावासले बुधबार विज्ञप्ति जारी गर्दै...
अमेरिकाबाट चार प्राचिन मूर्ति नेपाल फिर्ता ल्याइँदै 

काठमाडौँ, जेठ ५ : अमेरिकाबाट पाँच प्राचिन मूर्ति नेपाल फिर्ता ल्याइने भएको छ। 

अमेरिकास्थित नेपाली राजदूतावासले बुधबार विज्ञप्ति जारी गर्दै ‘उमा महेश्वर’, ‘चर्तुमुख शिवलिङ’, ‘नागराज’, ‘पद्यमपाणी’, ‘शाक्यमुनि’ बुद्ध गरी चार मूर्ति नेपाल फर्किने क्रममा रहेकाजानकारी दिएको छ । यी मूर्ति दशदेखि चौधौँ शताब्दीका हुन् । 

जसमध्य ‘उमा महेश्वर’ मूर्ति गत २०२१ सेप्टेम्बर १३ मै फिर्ता भएको थियो । मूर्ति ललितपुरस्थित टंगाल टोलको आफ्नै स्थानमा प्रतिस्थापन पनि भइसकेको छ । 

बाँकी मूर्ति चाँडै नै युपिएस फाउन्डेसनको सहकार्यमा नेपाल ल्याइने विज्ञप्तीमा उल्लेख छ। 
 

प्रकाशित मिति: १९:१८ बजे, बिहीबार, जेठ ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्