Kathmandu Press

महोत्तरीको मटिहानीमा लोसपा विजयी

महाेत्तरी, जेठ ५ : महोत्तरीको मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार प्रमुख र उपप्रमुख पदमा विजयी भएका छन। प्रमुखमा चार हजार तीन...
महोत्तरीको मटिहानीमा लोसपा विजयी
Hardik ivf

महाेत्तरी, जेठ ५ : महोत्तरीको मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार प्रमुख र उपप्रमुख पदमा विजयी भएका छन। प्रमुखमा चार हजार तीन मत प्राप्त गरी हरिप्रसाद मण्डल र उपप्रमुखमा तीन हजार ८६४ मत प्राप्त गरी मञ्जुदेवी निर्वाचित भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रमुख पदका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका मोहम्मद मुजिबुल रहमानले तीन हजार ८६४ र उपप्रमुखमा सोही दलकी जिवछीदेवी यादवले दुई हजार ७५१ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले जानकारी दिए। मतगणना परिणाम घोषणा भएको मटिहानी जिल्लाको छैठौँ स्थानीय तह हो।

यसअघि रामगोपालपुर र मनराशिश्वा नगरपालिका एवं महोत्तरी, पिपरा र एकडारा गाउँपालिकाको परिणाम सार्वजनिक भइसकेको छ। जिल्लामा जम्मा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तह छन्। अझै नौ स्थानीय तहको परिणाम घोषणा हुन बाँकी छ। सबै स्थानीय तहको परिणाम आज अबेर रातिसम्म घोषणा भइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १९:१३ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्